एथलेटिक्स खेलाडी सम्मानित
नेपाल एथलेटिक्स संघले २०१४ देखि २०१७ मा भएका विभिन्न प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बनाएका र अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई शनिबार नगदसहित सम्मान गरेको छ । कुल १ लाख ५४ हजार नगद पुरस्कार प्रदान गरियो ।
विभिन्न प्रतियोगिताको विभिन्न स्पर्धामा कीर्तिमान रचेका यामसाजन सुनार, दिलमाया कार्की, सविता चौधरी, प्रमिला रिजाल, वृन्दा श्रेष्ठ, मनमति विष्ट, कृष्णा चौधरी, गोपीचन्द्र पार्की, सूर्य खत्री, अमृता महतो, सीमाकुमारी थारु, चन्द्रकला लाम्गादे, सरस्वती भट्टराई, कान्छीमाया कोजु र हरि रिमाल रहेका छन् । ५ कीर्तिमानका लागि ५ हजारका दरले चन्द्रकलाले सर्वाधिक २५ हजार नगद प्राप्त गरिन् ।
सम्मानित हुने अन्तर्राष्ट्रिय पदक विजेतामा सरस्वती, अमृता र सोमबहादुर कुमाल छन् । प्रत्येकले जनही १० हजार नगद पाए ।
प्रशिक्षकहरु पुष्पराज ओझा, विक्रमजंग थापा, राकेश वज्राचार्य, छविलाल थापा र धनीराम चौधरी, पूर्व खेलाडीद्वय वैकुण्ठ मानन्धर र जितबहादुर केसी तथा पूर्व मुख्य प्रशिक्षकहरु मधुशम्शेर जंगबहादुर राणा, विश्वप्रकाश थापा, नारायण यादव, नारायणबहादुर प्रधान, नरबहादुर शाही, मोहन घले र सुशीलनरसिंह राणा पनि सम्मानित भए । १२ औं दक्षिण एसियाली खेलकुद (साग) का टिम व्यवस्थापक सन्तोष श्रेष्ठलाई पनि सम्मान गरियो ।
उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच सम्मान गरे ।