दिलिप स्मृति च्याम्पियन
दिलिप स्मृति तेक्वान्दो डोजाङले प्रथम काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । चन्द्रागिरी तेक्वान्दो डोजाङद्वारा आयोजित प्रतियोगितामा ६ स्वर्ण, १ रजत र ३ कांस्यसाथ दिलिप स्मृति च्याम्पियन बनेको हो ।
थानकोटको कोटघरमा भएको प्रतियोगितामा मनमैजु तेक्वान्दो डोजाङ दोश्रो भयो । मनमैजुले ५ स्वर्ण, १ रजत र ३ कांस्य जित्यो । तेश्रो स्थानमा रहेको लैनचौर तेक्वान्दो डोजाङले २ स्वर्ण, ४ रजत र ५ कांस्य हात पा¥यो । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार पाए ।
पुरुषमा आयोजकका राम शाही र महिलामा दिलिप स्मृतिकी रेजुना ठकुरी उत्कृष्ट खेलाडी घोषित भए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे । दुईदिने प्रतियोगितामा विभिन्न १५ डोजाङका २ सय ७० खेलाडीले १८ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।