गोजुरियो केन्बुकानको सम्मान


जेकेएफ गोजुरियो केन्बुकान कराते संघ, काठमाडौं शाखाले घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल आफ्ना खेलाडीलाई शनिबार नगदसहित सम्मान गरेको छ ।
२३ खेलाडीलाई जम्मा २९ हजार ६ सय र प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो । त्यसमा सातौं राष्ट्रिय खेलकुद र इन्डो–नेपाल करातेमा कांस्य जित्न सफल विशाल पौडेलले सबैभन्दा बढी १० हजार नगद पुरस्कार हात पारे । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले उनीहरुलाई सम्मान गरे ।

Comment