जेठमा अन्तराष्ट्रिय कराते प्रतियोगिता


जेठ पहिलो साता काठमडौंमा अन्तराष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । शाखा डोजो सामाखुशीको आयोजनामा ४ देखि ६ जेठसम्म तेश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिता २०७४ आयोजना हुन लागेको हो । प्रतियोगितामा नेपाल,भारत,श्रीलंका,बंगलादेश,पाकिस्तान र भुटानका खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक राजेन्द« ओझाले जारी गरेको विज्ञप्तीमा उल्ल्ेख छ । नेपालबाट ३००,भारतबाट २००, बंगलादेशबाट ७ , श्रीलंकाबाट १२, पाकिस्थानबाट ५ र भुटानबाट १० सहभागि हुनेछन् । सो प्रतियोगितामा ५सय २७ जना खेलाडीहरु सहभागी हुने अनुमान गरिएको छ । अफिसियल कराते तर्फ २२ इभेन्ट र काता तर्फ ४ इभेन्ट हुनेछ । कुल २६ सुवर्णका लागि खेलाडीहरुले विभिन्न तौल समुहमा प्रतिस्पर्धा गर्ने छन् । विजेता खेलाडीहरुलाई पदक र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिता लैनचैर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । प्रतियोगिताको अनुमानीत लागत १५,०९,५०० रुपैया रहेको छ ।

Comment