विशोमालाई स्वर्ण


नेपाल गोजुकाई कराते डो संघको आयोजना तथा चिल्ड्रेन मोडल स्कुलको सहयोगमा पाँचौं ईन्डो – नेपाल खुला कराते च्याम्पियनसिप २०१७ शुक्रबार राजधानीमा सुरु भएको छ । विशोमाराज राईले ईन्डो नेपाल खुला कराते च्याम्पियनसिपको पहिलो स्वर्ण हात पारेका छन् । २५ केजी तौल समूहमा उनले दिपेश थापालाई पराजित गरेका थिए । यस्तै २५ केजी तौल समूहमा दिवस जंग थापा र सुशान्त खड्का फाईनलमा प्रवेश गरेका छन् । तेश्रो स्थानमा भारतका अंश महेश साल्भी र विनय पु्न्डालिक चेभन भए । यस्तै ३० केजीमा नेपालका सोहेन्द्र राना मगर र सुशान्त भुजेलले फाइनल यात्रा तय गरे । भारतका हिमाङक प्रदीप राने र शिद्धार्थ संदीप बसालले कास्यमा चित्त बुझाए । ३५ केजीमा भारतका निरज प्रदीप खोदाम र नेपालका अभिषेक खत्रीले स्वर्णको लागि प्रतिस्पर्धा गर्ने भएका छन् । भारतका उमङ्ग गणेश मोरे र नेपालका रशिक पौडेलले कास्य पाए । ४० केजीमा नेपालका बशन्त थापा मगर र युवराज मगरले स्वर्णका लागि भिड्ने भएका छन् । तेश्रो स्थानमा भारतका श्रीयास डि. गुटुकाडे र करण पाटिल रहे । ४५ केजीमा नेपालका सुसम सन्तोष भुजेल र पवन खत्री फाइनल प्रवेश गरेका छन् । यस्तै ५० केजीमा विवेक थापा र टिकाराम गुरुङ्गले स्वर्णका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । ५५ केजीमा प्रविन दनुवार र प्रविन राना पियाली फाईनल प्रवेश गरेका छन् ।
महिला तर्फको प्रतिस्पर्धामा २५ केजी तौलमा नेपालका स्वस्तिका महर्जन र अन्भ्राती कार्की फईनल पुगेका छन् । भारती मुग्धा मंगेश गाईकमाड र नेपालकी कृष्पा उपाध्यायले कास्य पाए । ३० केजीमा नेपालकी प्रशंशा कार्की र भारतकी गोभसी उमा मोरेले फाइनल यात्र तय गरे । यस्तै ३५ केजीमा नेपालकी अपेक्षा मगरले स्वर्णका लागि भारतकी नेहा नरसया विटलासंग स्वर्णको लागि प्रतिस्पर्धा गर्ने भएकी छिन् । ४० केजीमा बालकुमारी थानी र श्रेया खड्का फाईनल पुग्दा नेपालकी संगिता तामाङ्ग र भारतकी प्रेरण दशरथ अवधले कास्य पाए । ५० केजीमा थोप्तेन डिकी लामाले सुस्मिता राई संग फाईनलमा प्रतिस्पर्धा गर्ने भएकी छिन् । यस्तै महिला खुलामा नेपालका दिपिका कार्की, सोमिया बुढाथोकी, प्रतिक्षा मगर र विनिता बस्नेत सेमिफाइनल प्रवेश गरेका छन् ।
बालुवाटारस्थित चिल्ड्रेन मोडल स्कुलको प्राङ्गणमा भएको च्याम्पियनसिपमा भारतका ३७ खेलाडी सहित १६० खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।
दुई दिने प्रतियोगिताको करातेका बरिष्ठ प्रशिक्षक हिरासिंह डङ्गोलले उद्घाटन गरेका थिए ।

Comment