कर्ण र धामीलाई पदक
Manoj Shiama
7 May, 2017 6:52 am
मलेसियामा भएको अन्तराष्ट्रिय ओकिनावा गोजुरियो कराते प्रतियोगितामा नेपालका कर्ण बहादुर राईले स्वर्ण पदक जितेका छन् । उनले ८४ किलोमा स्वर्ण पदक जितेका हुन् । उनले भारत, मलेशिया र इन्डोनेशियाका खेलाडीलाई हराउदै फनइनलको यात्रा तय गरेका थिए । उनले फाइनलमा पनि मलेसियाका खेलाडीलाई हराउदै स्वर्ण जित । तुलाराम धामीले ५५ केजि तौलमा समुहमन काश्य जिते । भारत र मलेसियाका खेलाडीलाई जितेर सेमिफाइनल पुगेका उनी सेमिफाइनलमा मलेसियाका खेलाडीसंग नै पराजित भए । प्रतियोगितामा मलेसिया,नेपाल,भारत ,बङलादेश,इन्डोनेशिया ,स्विडेन र फिलिपिन्सका खेलाडीको सहभागिता छ । प्रवासी सितोरियो कराते संघ,मलेशियाका अध्यक्ष योगेन्द्र कोइरालाले दुवै खेलाडीको प्रदर्शन राम्रो भएको प्रतिक्रिया दिए ।