उज्वलको सफलताको पाइलामा अर्को आयाम
परिचित करातेकर्मी उज्वल ठकुरीले कुरो बुशि वल्र्ड मार्शल आर्ट च्याम्पियनसीपमा बिशेश डेमोन्स्ट्रेसन प्रदर्सन् गरी र्वल्ड च्याम्पियनसीपमा बेल्ट प्राप्त गरे । अमेरिकाको नर्थ क्यालोरिना राज्यमा शनिबार सम्पन्न कुरो बुशी मार्सल आर्ट र अन्तरास्ट्रिय किक बक्सिङ् वल्र्ड मार्शल आर्ट च्याम्पियनसीपमा उनले पहिलो प्रस्तुती मा ४० पाउण्ड तौल दातले उठाएर जिउमा ४० पाउण्ड तौल बाधेर हातमा काँचो अण्डा बोकेर २ खुट्टा पुरै फांग गरी अण्डा नफुटाइ वोटा काठको बोर्ड फुटाएका थिए । दोस्रो प्रस्तूतिमा ४० पाउण्ड दातले उचालेर हातमा काँचो अण्डा बोकेर १० वोटा काठ को बोर्ड २ खुट्टा पुरै फांग गरी फुटाएका थिए ।
तेस्रो प्रस्तूतीमा उनले दात र शरीरमा गरी १४० पाउन्ड तौल उचालेका थिए । चौथो प्रस्तूतीमा उनले २ खुट्टा पुरै फांग गरी आफ्नो दात ले १०० पाउण्ड उचालेर उपस्थित सबैलाई चकित पारीदिए । करिब १० मिनेटको उज्ववलको डेमोन्स्ट्रेसनमा बिभिन्न राज्यबाट आएका खेलाडिहरुले ताली बजाउदै उज्ववल लाई उत्साहित तुल्याएका थिए । आफ्ना सबै डेमोन्स्ट्रेसन प्रस्तुत गरिसकेपछी उनलाई कुरो बुशि मार्शल आर्ट संगठनका संस्थापक अध्यक्ष्य ग्रान्ड मास्टर एर्नेस्ट दुकेसले र्वल्डच्याम्पियनसीप बेल्ट र सम्मानपत्र प्रदान गरेका थिए ।
यस अघी उज्ववल भर्जिनियामा कङग्रेसम्यान बाट पनि सम्मानित भएका थिए । उनले हाल्सम्म अमेरिकाको बिभिन्न स्टेट मा मार्शल आर्ट खेल तथा डेमोन्स्ट्रेसन प्रदर्शन गरी १५ गोल्ड मेडल ,र्वल्ड टाइटल बेल्ट ,प्रमाणपत्र तथा थुप्रै ट्रफिहरु जितिसकेका छन् । काठमाडौं निवासि उज्वल बिगत १५ बर्ष देखी अमेरिकाको भर्जिनियामामा बस्दै आएका छन् ।