राइलाई स्वर्ण पदक

Manoj Shiama
17 May, 2017 7:03 pm


पछिल्लो साता अन्तराष्ट्रिय ओकिनावा गोजुरियो कराते प्रतियोगितामा स्वर्ण जितेका पदकधारी कर्ण बहादुर राईले १४ मेमा भएको प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । ब्याडमिन्टन हल,चेरासमा १३ र १४ मेमा सम्पन्न भएको मिलो अन्तराष्ट्रिय खुल्ला कराते प्रतियोगितामा कर्णले ८४ किलो तौल समुहमा स्वर्ण पदक जितेका हुन् । पहिलो चरणमा इन्डोनेशिया तथा दोस्रो चरणमा फिलिपिन्सलाई हराएर सेमिफाइनलमा सिङ्गापुरको राष्ट्रिय खेलाडीलाई हराएका राइले फाइनलमा मलेशियाली खेलाडी माथि जित हात पारेका हुन् । यसैगरी, गरि नेपालबाट मलेसिया पुगेका

लैनचौर सितोरियो कराते डोजोका खेलाडी सुनित घर्ती मगरले ७५ किलोमा कास्य पदक तथा नेपाली प्र वासी सितोरियो करातेबाट गणेश तामाङले ५५ किलोमा कास्य पदक प्राप्त गरेका छन। नेपालको तर्फबाट रेफ्रीहरुमा प्रवसी सितोरियो कराते सङका अध्यक्ष तथा एसियन रेफ्री योगेन्द्र कोइरालाका साथमा अन्तरास्ट्रिय रेफ्री राम तामाङ, हरिलाल थापा मगर र दिपक बोहरा थिए । नेपाली टोलीका अफिसियलमा अनित न्यौपाने थिए । टिम प्रशिक्षकमा ज्ञानु मगर भिए । नेपाली प्रवसी सितोरियो करातेको तर्फबाट अफिसियलमा नर्बु तामाङ थिए भने प्रशिक्षकमा लक्ष्मी क्षेत्री थिइन् । सहभागी देशहरूमा इन्डोनेशिया,फिलिपिन्स,नेपाल,सिङापुर,उज्वेकिस्तान,मलेशिया,बङलादेश,ईन्डिया र सिरिया थिए । मलेसिया सबैभन्दा बढी मेडल जितेर पहिलो भएको थियो ।