युथ एथलेटिक्स टोली बैंकक जाने


दोश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शुक्रबार थाइल्यान्डको बैंकक प्रस्थान गर्दैछ । मे २० देखि २३ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट १ पुरुष र ३ महिला खेलाडीले विभिन्न ४ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।
पुरुषमा आशिष खत्रीले १ सय र २ सय मिटर दौडमा भाग लिनेछन् । महिलाको १ सय र २ सय मिटर दौडमा लुजला अमात्य र जयरानी चौधरीले प्रतिस्पर्धा गर्नेछन् । अर्की महिला खेलाडी विपना परियारले लङजम्प र ट्रिपलजम्पमा नेपालको चुनौती पेश गर्नेछिन् । प्रशिक्षकमा मनोहर दाहाल छन् ।
नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका जितबहादुर केसी, नेपाल एथलेटिक्स संघका उपाध्यक्ष सुशीलनरसिंह राणा र सचिव आरके विष्टले टोलीलाई दशरथ रंगशालामा बुधबार दिबाइ गरे ।

Comment