नेपाली खलाडीलाई सहयोग

Manoj Shiama
19 May, 2017 5:54 am


युएइमा हुने बुदोकान कप कराते प्रतियोगितामा सहभागि हुने  नेपाल एभरेस्ट स्पोर्ट्स क्लबका खेलाडीलाई सहयोग सहित हौसला दिइएको छ । त्यहाँ रहेको नेपाली समुदायबाट नगद र खेलसामग्री सहित शुभकामना दिइएको हो।सहयोग गर्नेमा कुक कनेक्ट एन्ड डीडीए, यक एन्ड यती गहना पसल, एभेरेस्ट एड्भाटैजिंग एलएलसी , संजय पाण्डे र हरि अधिकारी र हरि के सी रहे ।
मे १९ मा हुने प्रतियोगितामा खेल रेफ्री, प्रशिक्षक तथा एशियन गोजुरीयो कराते रेफ्री काउन्सिल सदस्य रवी शाही, उपाध्यक्ष क्लब तथा पूर्व खेलाडी पबित्र भण्डारी, खेल रेफ्री तथा प्रशिक्षक प्रेम श्रेष्ठ, खेल रेफ्री बिशाल मगर,े टिम प्रशिक्षक, पर्शुराम घिमिरे, टम प्रशिक्षक पूर्ण भक्त लामा, लजिष्टिक अफिशियल प्रविन काजी श्रेष्ठ, अफिशियल भानु भक्त पौडेल, कोअर्डिनेटर हिरालाल श्रेष्ठ, अफिसियल मदन अधिकारी, प्रशिक्षक फाई लामा सहभागि हुने छन् ।  क्लब अध्यक्ष श्याम थिङ्गको सहयोग र उपश्थितीमा कार्यक्रम भएको थियो । सम्मानीत हुने खेलाडीमा कुमार जुङ्ग भुषाल, बिजय तामाङ्ग,उत्तम गुरुङ, पुष्प न्यौपाने, राम लामा, बिनोद राई, लक्ष्मण मगर, रजनीश सिंह एरे, बिपिन श्रेष्ठ र क्रिन्जल श्रेष्ठ रहे । श्रेष्ठ काता कुमुतेमा सहभागि थिए ।