बंगलादेश र भारत पहिलो


बंगलादेश र भारत आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोटमा शुक्रबार पहिलो भएका छन् । बंगलादेश ब्वाइज तथा भारत गल्र्समा पहिलो बने । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा बंगलादेशले नेपाललाई ३–० ले पराजित ग¥यो । पहिलो सिंगल्समा बंगलादेशका रोमन मोहमद होसैनले नेपालका आरभसम्राट हाडालाई ६–३ र ६–२ को सोझो सेटमा पराजित गरे भने अर्को सिंगल्समा बंगलादेशका हसन माहादी अल्भेले नेपालका आर्यन गिरीलाई ६–२ र ६–३ को सोझो सेटमा हराए । डबल्समा बंगलादेशका रोमन र जुवैद उत्सोको जोडीले नेपालका आरभ र अकी जुवेन रावतको जोडीलाई ६–३ र ६–३ को सीधा सेटमा पाखा लगाए ।
ब्वाइजमा बिहीबार नेपालसंग सेमिफाइनलमा पराजित भारतले भुटानलाई ३–० ले हराउदै तेश्रो स्थानमा चित्त बुझायो ।
गल्र्सको फाइनलमा भारतले श्रीलंकामाथि ३–० को जित रच्यो । सिंगल्समा भारतकी स्वेता समान्ताले श्रीलंकाकी देवमिनी वार्नासुरियालाई ६–० र ६–० तथा भारतकी अन्जली राथीले श्रीलंकाकी हेसानी इमांगालाई ६–१ र ६–१ को सोझो सेटमा पन्छाए । डबल्समा भारतका श्रुति अहलावत र अन्जलीको जोडीले श्रीलंकाका हेसानी र देवमिनीको जोडीमाथि ६–० र ६–० को जित निकाले ।
अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको गल्र्समा नेपाल तेश्रो भयो । नेपालले बंगलादेशलाई ३–० ले निराश पा¥यो । सुरुको सिंगल्समा नेपालकी सर्भानी श्रेष्ठले बंगलादेशकी दिपानिता मित्रलाई ६–२ र ६–० को सोझो सेटमा पन्छाइन् । अर्को सिंगल्समा नेपालकी ईशाश्री शाहले बंगलादेशकी सादिया अफ्रिनको चुनौती ६–२ र ६–१ ले समाप्त पारिन् । डबल्समा नेपालका सुभांगीलक्ष्मी शाह र सर्भानीले प्रतिस्पर्धा गरेका थिए । त्यसमा उक्त जोडीले बंगलादेशी जोडी मास्फिया अफ्रिन र दिपानितालाई ६–१ र ६–२ को सोझो सेटमा हराए ।
ब्वाइजमा नेपाल र बंगलादेश तथा गल्र्समा भारत र श्रीलंका काजाकिस्तानमा नोभेम्बरमा हुने आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपका लागि छनोट भइसकेका छन् । फाइनलअघि नै उक्त ४ राष्ट्रले काजाकिस्तानको यात्रा पक्का गरेका हुन् । यो प्रतिस्पर्धाबाट ब्वाइज÷गल्र्स दुवैमा फाइनल पुग्ने दुई टोली काजाकिस्तानको च्याम्पियनसिपलाई छनोट हुने प्रावधान छ ।
प्रतियोगिताको ब्वाइजमा नेपाल, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंका गरी ७ राष्ट्रका २० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । गल्र्समा पाकिस्तान बाहेक छ राष्ट्रका १७ खेलाडी सहभागी थिए ।
छनोटसहित लनटेनिस संघले ९ महिनाको अवधिमा तीन अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सफल भएको छ । यसअघि २०१६ को सेप्टेम्बरमा एएनएलटीए÷एसियाली ¥याङकिङ यु–१४ टेनिस प्रतियोगिता भएको थियो भने गत फेब्रुअरीमा नेपाल आईटीएफ यु–१८ जुनियर ग्रेड– ५ टेनिस प्रतियोगिता संघले आयोजना गरेको थियो ।

Comment