युएइमा नेपाली खेलाडीको सानदार प्रदर्शन


युएइमा भएको बुडोकन करात २०१७ मा सहभागि नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् । प्रतियोगितामा एसियन गोजुरियो कराते रेफ्री काउन्सील सदश्य समेत रहेका युएइमा सक्रिय प्रशिक्षक रवि शाहीको पहलमा स्थापीत एभेरेस्ट नेपाल कराते एबं तेक्वोन्दो क्लबका खेलाडी सहभागि थिए । साथै उक्त खेलमा नेपालका एक महिला सहित ४ रेफ्री संलग्न थिए । रबि सहित प्रेम श्रेष्ठ, बिशाल मगर र शुस्मिता निरौलाले खेल सञ्चालन गरेका थिए ।
प्रतियोगिताको ३० केजीमा किन्जेल श्रेष्ठले पहिलो स्थान पाइन् । कातामा उनी तेश्रो भइन् । ७५ केजी समूहमा कुमार भुषाल पहिलो भए । उनी सात सिनियर खेलाडीका माझ पनि उत्कृष्ट ठहरिए । ७० केजीमा बिपिन श्रेष्ठ पहिलो भए भने सिनियर खेलाडीतर्फ तेश्रो भए ।
५०केजीमा बिजय तामांग पहिलो भए । यसैगरी, ५५ केजीमा लक्ष्मण मगर दोश्रो भए । ७० केजीमा बिनोद राइ तेश्रो तथा दिनेस सिंह ऐरी तेश्रो भए । ५५ केजीमा पुष्प न्यौपाने पहिलो, ७० मा राम बहादुर लामा तेश्रो तथा ४५ केजीमा उत्तम गुरुङ्ग तेश्रो भए ।

प्रतियोगिताको दौरान उपध्याक्ष पबित्र भण्डारी, कोषध्यक्ष परशुराम घिमिरे, प्रशिक्षक पूर्ण भक्त, राजु तामांग, राजेश थिङ्ग र बरिष्ट सल्लहाकार शालिक सुबेदी उपश्थित थिए । यी सबैको प्रयासले खेलाडी उत्साहित भएको रबीले बताए । साथै अफिशियलहरु प्रविन काजी श्रेष्ठ, भानु पौडेल, मदन अधिकारी र कोर्डीनेटर हिरालाल श्रेष्ठको पनि उपश्थ्तिी थियो । साथै भानुभक्त पौडेल र प२र्ण भक्त लामाको पनि उपश्थिती थियो । बिजेता खेलाडीलाई दुवाराले सहयोग गरेको थियो । “हामी र हाम्रो नाम नेपालको शान” भन्ने नारा सहित टोली सहभागि भएको थियो ।

Comment