तेक्वान्दो टोली भुटान जाने
तेश्रो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ११ खेलाडीसहित १९ सदस्यीय नेपाली टोली बिहीबार भुटानको राजधानी थिम्पु जाने भएको छ ।
मे २६ देखि तीनदिनसम्म चल्ने प्रतियोगितामा नमिका मोक्तान, अस्मिता खड्का, संगीता बस्याल, प्रतिज्ञा भण्डारी, सुमित्रा खत्री, सुदीप नेपाली, प्रदीप आले मगर, निता गुरुङ, सन्जिवकुमार ओझा, रेजिन रिमाल र विजय शाह ठकुरीले क्योरोगी र पुम्सेमा प्रतिस्पर्धा गर्नेछन् ।
तेक्वान्दो मुख्य प्रशिक्षक ध्रुवबहादुर गुरुङ टोली नेता, सुमनकुमार खड्का व्यवस्थापक, हेमन्त डाँगी क्योरोगी प्रशिक्षक, प्रेमबहादुर भणडरी पुम्से प्रशिक्षक, राजिव महर्जन ट्रेनर, नोर्बु लामा अन्तर्राष्ट्रिय रेफ्री तथा कुमार लामा घिसिङ र सरोज बाँस्कोटा रेफ्रीका रुपमा सहभागी हुँदैछन् । टोलीलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले एक कार्यक्रमबीच बिदाइ गरे ।सहभागि टोलीलाई प्रभु बैंकले ५० हजार रुपैया बराबरको ट्रायकसुटको प्रायोजन गरेको छ ।