वर्षालाई एकल काता स्वर्ण


मनमैजु डोजोकी वर्षा बुढा मगरले दोश्रो खुला वादोकाइ कराते प्रतियोगिताको महिला एकल कातामा शुक्रबार स्वर्ण जितेकी छन् । वर्षाले वादोरियो रेन्मेइकी तिलगंगा बमजमलाई पराजित गरिन् । अल नेपाल वादोकाइ कराते संघ, मनमैजु र युनिक चाइल्ड क्लबद्वारा आयोजित प्रतियोगिताको महिला २० केजीमा इचङगु नारायणकी सोनम शेर्पा तथा २५ केजीमा मनमैजुकी एन्जिला राईले स्वर्ण हात पारे ।
पुरुषको २० केजीमा मनमैजुका रुविन महर्जन, २५ केजीमा मनमैजुका साहिल घले, ३० केजीमा ब्राइट हेभनका कमल श्रीपाली तथा ३५ केजीमा मनमैजुका सौरभ गुरुङले स्वर्ण जिते ।
प्रतियोगिताको नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष पुरेन्द्रविक्रम लाखेले एक कार्यक्रमबीच उद्घाटन गरे । दुईदिने प्रतियोगितामा २२ डोजोका २ सय ५० खेलाडीले २४ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।

Comment