हाप्कीडो अधीकारीको सम्मान
चार दिने नेपाल भ्रमणमा रहेको कोरियाली हाप्कीडो प्रतिनिधीमण्डललाई शुक्रबार सम्मान गरियो । बिश्व मार्सलआर्ट हाप्कीडो महासंघका अध्यक्ष ली डाइ ह्योंग,कोरिया क्याल्भीन बिश्वविद्यालयका डिन पार्क जी छुयन र भाइस चान्सलर युन इकसीयालाई प्रमुख अतिथी भुमि सुधार तथा ब्यबस्था राज्यमन्त्री यशोदा कुमारी लामाले सम्मान गरिन् । कार्यक्रममा कराते राष्ट्रिय टोलीका प्रशिक्षक कुशल श्रेष्ठको पनि उपश्थिती थियो ।
दुइ दिन अघि यसै टोलीले राष्ट्रपती विद्यादेबी भण्डारीसंग भेट गरेको थियो । एमाले नेता प्रदिप ज्ञवाली सहितको उपश्थितीमा भएको भेटमा कोरियाली हाप्कीडोले नेपालमा गरेको सहयोगको बारे चर्चा भएको थियो ।
बिश्व महासंघका अध्यक्ष सहितको टोलीको नेपाल भ्रमणले नेपालमा विकासको आधा तयार भएको र थुप्रै प्रतिबद्धता प्राप्त भएको नेपाल मार्सलआर्ट हाप्कीडो संघका अध्यक्ष काली बहादुर घर्तीले बताए । कोरियाली टोली शुक्रबार नै फर्कीएको छ ।