प्रशासन तथा व्यवस्थापन कोर्स सम्पन्न
Manoj Shiama
27 May, 2017 6:46 am
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको आयोजनामा खेलकुद प्रशासन तथा व्यवस्थापन कोर्स सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सोमबार सम्पन्न भएको छ ।
कोर्समा काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला खेलकुद विकास समितिका साथै राखेपका अधिकृत तृतीय श्रेणीका ४८ कर्मचारी सहभागी थिए । साताव्यापी कोर्समा सहभागीहरुलाई राखेपका सदस्य–सचिव केशवकुमार विष्टले प्रमाण पत्र प्रदान गरे ।