मनमैजु टिम च्याम्पियन


मनमैजु डोजोले दोश्रो खुला वादोकाइ कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । मनमैजुले १३ स्वर्ण, ३ रजत र ५ कांस्य जित्यो ।
अल नेपाल वादोकाइ कराते संघ, मनमैजु र युनिक चाइल्ड क्लबद्वारा संयुक्त आयोजित प्रतियोगितामा २ स्वर्ण, ३ रजत र ४ कांस्यसाथ वादोरियो रेन्मेइ दोश्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको ब्राइट हेभनले २ स्वर्ण र १ रजत हात पा¥यो ।
प्रतियोगिताको पुरुषमा मनमैजुका अनिश लामिछाने तथा महिलामा इचङ्गुनारायण डोजोकी सोनाम शेर्पा उत्कृष्ट खेलाडी चुनिए । आदित्या बोर्डिङ स्कुलले अनुशासित टिमको उपाधि हात पा¥यो ।
विजेतालाई तार्केश्वर नगरपालिकाका नवनिर्वाचित मेयर रामेश्वर बोहरा, उप मेयर भवानी डोटेल, अल नेपाल वादोकाइ कराते डो संघका मुख्य प्रशिक्षक मोहन महर्जन, प्रतियोगिता संयोजक निरज महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा २२ डोजोका २ सय ५० खेलाडीले २४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

Comment