भुटानमा नेपालीलाई थप सफलता


भुटानमा सम्पन्न भएको अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालकी राष्ट्रिय खेलाडी संगीता बस्यालले ६८ किलोमा स्वर्ण पदक जितेकी छन् । सुमित्रा खत्रीले ७६, पुष्प प्रसाद गौतमले ४५ र सुदिप नेपालीले २८ किलोमा स्वर्ण पदक जिते । विवेक श्रेष्ठले ३१,अस्मिता खड्काले ५२ र प्रतिज्ञा राजभण्डारीले ७२ किलोमा रजत पदक जिते । निराजन चौधरीले ४५ किलोमा काश्य पदक जिते ।
यसैगरी, पुम्सेमा रेजिन रिमालले ३९ बर्ष मुनी स्वर्ण जिते । सञ्जिव ओझाले २९ बर्ष मुनी रजत सोही उमेर समुहमा नमिका मोक्तानले रजत तथा राजकुमार माझीले ३९ बषृ मुनी काश्इ पदक जिते । साथै विजय शाह ठकुरीले ५० बर्ष मुनी काश्य पदक जितेको राष्ट्रिय टोलीका ब्यबस्थापक हेमन्त डागँीले जानकारी दिए ।
( पुम्सेका अन्य पदक विजेताको नाम एकदिन अघि प्रकासीत)

Comment