नवनियुक्त सदस्यद्वारा शपथ ग्रहण


राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्यद्वय अर्जुनबहादुर केसी र सुदील शाहीले आइतबार शपथ ग्रहण गरेका छन् । राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सदस्यद्वयलाई पद तथा गोपनीयताको शपथ खुवाए ।
गत ८ गतेको मन्त्रीपरिषद् बैठकले केसी र शाहीलाई राखेपमा रिक्त रहेको दुई सदस्य पदमा मनोनित गरेको थियो । तत्कालीन सदस्य शिवबहादुर बस्नेत र नारायणप्रसाद पौडेलको पदावधी सकिएपछि दुई सदस्य पद रिक्त थियो ।
अखिल नेपाल खेलकुद संघले दुवै सदस्यलाई त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा आयोजित एक कार्यक्रमबीच आइतबारै स्वागत स्वागत ग¥यो । सो अवसरमा राखेपका सदस्य–सचिव केशवकुमार विष्टले सदस्यद्वयलाई बधाइ दिदै सहकार्य गरेर अगाडि बढ्ने बताए । सदस्य–सचिव विष्टले खेल क्षेत्रमै लागेको व्यक्ति परिषद्को बोर्डमा आउनु खुशीको कुरा भएको बताउदै उनले नेपाल सरकारलाई धन्यवाद दिए ।
यस पटक नियुक्त भएका दुवै खेलाडी पृष्ठभुमिका ब्यक्ति हुन्। अर्जुन कुनै समयमा परिचित मुक्केवाज थिए भने सुदिलसंग पनि टेबल टेनिसको अनुभब छ । पछिल्लो समय यी दुवै प्रसासनीक क्षेत्रमा पनि उपश्थिीती रह्यो । सुदिल कुनै समय नेपाल टेबल टेनिस संघका अध्यक्षको प्रत्यासी भइसकेका थिए । अर्जुन लामो समय देखि नेपाल बक्सीङ्ग संघको प्रभावकारी भुमिका रहदै आएका छन्। दुवैजना वजनदार खेलपृष्ठभुमि भएका ब्यक्तित्वको उपश्थिती परिषद् बोर्डमा महत्वपूर्ण हुन सक्ने अपेक्षा गरिएको छ ।
नवनियुक्त सदस्यले पनि आफूहरु खेलकुदको पृष्ठभूमिबाट आएको हुनाले खेलकुदको विकास र विस्तारमा कृयाशिल हुने प्रतिबद्धता जनाए ।

Comment