सुनील र सुजन सेमिफाइनलमा

नेपालका सुनील खड्का र सुजन चापागाईं २२ औं अन्तर्राष्ट्रिय हाइ स्कुल कराते प्रतियोगिताको जुनियर ब्वाइज एकल कातामा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् । सोही स्पर्धामा भारतका सचिन माडे र अमन दात्रे पनि सेमिफाइनलमा पुगे ।
नेपाल कराते महासंघअन्तर्गतको हाइ स्कुल कराते केन्द्रीय कमिटीद्वारा आयोजित प्रतियोगिताको चिल्ड्रेन यु–८ को प्रतिस्पर्धामा नेपालका सत्कार घर्ती मगर, भारतका कृमेश, नेपालका कृष्ण लामा र भारतका आयुश राजा सेमिफाइनल यात्रा तय गर्न सफल रहे ।
क्याडेटतर्फ पुरुष ५२ केजीमुनि भारतका साहिल सइद र विक्रम सिंह सेमिफाइनलमा पुग्न सफल भए । नेपाल सितोरियो कराते संघको वार्षिक कार्यक्रम अनुरुप सञ्चालित प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।

Comment