ज्ञान निकेतन र नेरिक फाइनलमा
ज्ञान निकेतन र नेरिक प्रथम हिमालयन कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार फाइनलमा प्रवेश गरेका छन् । ज्ञान निकेतनले रेडिअन्टलाई ५०–३१ ले पराजित ग¥यो । विजेताका सम्राट भूमिले २५ अंक जोडे । पवन खत्रीको २० अंक सहयोगमा नेरिकले विल्सन एकेडेमीलाई ४६–४४ को साँघुरो अन्तरले हरायो ।
सिनियर गल्र्समा स्वर्णिम र रिलायन्स उपाधिका लागि भिड्ने छन् । स्वर्णिमले आयोजक हिमालयन एकेडेमीलाई १२–८ ले पाखा लगायो । विजयी टिमका लागि मोहिनी लोप्चनले ८ स्कोर गरिन् । रिलायन्सले इडेन ब्रिज एकेडेमीको चुनौती ३८–१० ले सहजै पन्छायो । रिलायन्सकी सविना खत्रीले ८ अंक जोडिन् ।
जुनियर ब्वाइजमा महामञ्जुश्री र सेबले फाइनल यात्रा तय गरे । मनीष खड्काको २५ अंक सहयोगमा महामञ्जुश्रीले पुष्पसदनलाई ३२–२५ ले निराश पा¥यो । लालीगुराँस नेसनल एकेडेमी विरुद्धको खेलमा सेब २७–१९ ले विजयी भयो । सेबका लागि रवि शर्माले १२ अंक जोडे ।