सेमिनार तथा तालिम

Manoj Shiama
30 May, 2017 7:23 am


नेपाल लटार डो युनिभर्सल मार्सल आर्ट संघको आयोजनामा सेमिनार तथा तालिम सोमबार बालाजुमा सम्पन्न भएको छ । एकदिने सेमिनारमा ७० प्रशिक्षार्थीको सहभागिता रहेको आयोजक संघका महासचिव सञ्जय महतले जनाएका छन् । सहभागीलाई महतसहित विश्व लटार डो महासंघका अध्यक्ष कान्छो एडम विसभले प्रशिक्षण दिएका थिए । सहभागीलाई पूर्णप्रसाद पाण्डेले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे ।