राजदुतबाट राइको विदाइ तथा सम्मान


गणतन्त्र दिवसको अबसरमा नेपाली राजदुतावास,मलेशियामा आयोजित कार्यक्रममा नेपाली प्रवासी सितोरियो कराते संघका बरिस्ठ उपाध्यक्ष तथा अन्तर्रा्ष्ट्रिय स्वर्ण पदक विजेता कर्ण बहादुर राइलाई सम्मान गरियो । गणतन्त्र दिवसको अवसरमा राजदुत डा.निरान्जन मान सिंह बस्न्यातले राइलाई दोसल्ला ओढाइ सम्मान गरेका हुन् । कार्यक्रममा बस्न्यातले मलेसियामा श्रमिकको रुपमा बसोबास गरे पनि राईले तीन पटक सम्म अन्तराष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक जित्नु उल्लेखनिय भएको विचार ब्यक्त गरे । नेपाली प्रवासी सितोरियो कराते संघले मलेसियामा उदाहरणीय काम गरेकोमा राजदुतले खुसी ब्यक्त गरे । कार्यक्रममा नेपालबाट मलेसिया नेपाली राजदुतावास,मलेसियाका उपनियोग प्रमुख कुमार खरेलले पनि राई र नेपाली प्रवासी सितोरियो कराते संघका अध्यक्ष योगेन्द« कोइरालालाई सम्मान गरे ।
केही दिन अघि मात्रै कर्ण बहादुर राईले तीन वर्ष कार्यकाल सकेर नेपाल फर्कने कुरा आफ्नो कम्पनीलाई जानकारी राखेका थिए कम्पनीलेनै राई लगायत चारजनालाइ करिब डेढ महिनाको तलब तथा नेपाल फर्कने टिकट सहजै नदिएको हुनाले राजदुतावास र लेबर एटेची बाबुलाल रेग्मीको राइले टिकट र बाकीँ तलब पाएका थिए । कार्यक्रममा द्धित्तिय सचीव बिनोद मुखिया, द्धित्तिय सचीव लक्ष्मण प्रसाद कोइराला,तेस्रो सचिव दयानन्द प्रसाद ओझाका साथै चुमन सिंह केसि.,निरज बस्नेत,प्रबिन प्रधान,सुन्दर कुमार श्रेष्ठ र टेक बहादुर बुढा लगायतको सहभागीता थियो । कार्यक्रममा करातेका महासचिव नर्बु तामाङ र खेलाडीहरु राम तामाङ र तुलाराम धामीको पनि सहभागीता थियो। कार्यक्रमलाई संचालन दित्तिय सचिव प्रेमराज गौतमले गरेका थिए ।

Comment