नेपाली ओलम्पिक अधिकारी भुटानतर्फ
Manoj Shiama
5 June, 2017 11:17 pm
नेपालमा घोषित १३ र्औ दक्षिया एशियाली खेलकुद सम्बन्धमाा छलफल गर्नका लागि सन् २०१७ जुन ६ र ७ तारिखका दिन भुटानको थिम्पुमा आयोजना हुने साउथ एशियन ओलम्पिक काउन्सिलको बैठकमा सहभागी हुन नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठको नेतृत्वमा पाँच सदस्यीय टोली सोमबार त्यस तर्फ प्रस्थान गरेको छ । टोलीलाई अखिल नेपाल फुटबल संघका महासचिव तथा नेपाल ओलम्पिक कमिटीका कार्यवाहक अध्यक्ष धिरेन्द्र प्रधानज्यूले आजनै त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा विदाई गरे ।उक्त बैठकमा १३ औं दक्षिण एशियाली खेलका लागि २३ वटा खेललाई प्राथमिकता राख्ने प्रस्ताव तथा दक्षिण एशिलायली ओलम्पिक काउन्सिलको विधान बारेमा छलफल हुने छ ।