अन्नपूर्ण राष्ट्रिय बुद्धीचाल शुक्रबारदेखि

Manoj Shiama
6 June, 2017 6:48 pm

अन्नपूर्ण उच्च माध्यमिक विद्यालयको आयोजनामा १३औ राष्ट्रब्यापी अन्तरविद्यालय अन्नपूर्ण मैत्री खुल्ला बुद्धीचाल प्रतियोगिता शुक्रबार सुरु हुदै छ । तीन दिने प्रतियोगितामा आठ स्पर्धा समाबेश गरिएको विद्यालयका बुद्धीचाल शिक्षक केशब श्रेष्ठले जानकारी दिए । स्वीस लीग प्रणालीमा खेल हुने प्रतियोगितामा छात्र र छात्राका यु–१०, यु–१२, यु–१४ र १४ बर्ष माथिको उमेर समुहमा प्रतिस्पर्धा हुने छ ।
प्रतियोगिताका हरेक स्पर्धामा शिर्ष तीन स्थान पाउनेले नगद पुरस्कार पाउने छन् भने दसौ स्थानसम्म पाउने खेलाडीले मडर र प्रमाणपत्र पाउने छन् । प्रतियोगिताको लागत १ लाख ३५ हजार रुपैया रहेको छ ।लागातार १३ बर्षदेखि प्रतियोगिता आयोजना गर्दै आएको अन्नपूर्ण उच्चमाबीले विगतमा दोश्रो राष्ट्रिय महिला बुद्धीचाल प्रतियोगिता र तेश्रो राष्ट्रिय युथ च्याम्पियनसीपको आयोजना गरिसकेको छ ।
पूर्व राष्ट्रिय च्याम्पियन केशब श्रेष्ठको प्रशिक्षणमा रहेको अन्नपूर्ण उमाबीबाट नेपालका परिचित खेलाडीको उदय भइसकेको छ । बर्तमान स्टार हिमाल लामा सहित पूर्व राष्ट्रिय युथ उपविजेता विजय डंगोल यसै विद्यालयका उत्पादन हुन् । बर्तमान नेपाली चेसका परिचित स्टार मदनकृष्ण कायस्थ, निकेश दुवाल, रुपेस जयसवाल, विवेक थिङ्ग, मोनालीसा खुम्बु, तारा घले, सुजना लोहनी, शान्ता थापा, सुरुची थिङ्ग, हिमाल लामा, सुसील चौधरी,विना जयसवाल र विजय डंगोल यसै प्रतियोगिताका विभिन्न सस्करणका पदक विजेता हुन् ।