न्युडायमण्ड र पश्चिमाश्चलको विजयी सुरुआत


न्युडायमण्ड एकेडेमी र पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघले केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन् । मंगलबार त्रिपुरेश्वरस्थीत दशरथ रंगशालको कभर्डहलमा भएको उद्घाटन खेलमा न्युडायमण्डले नेपाल पुलिस क्लबलाई र पश्चिमाञ्चलले त्रिभुवन आर्मीलाई समान ३–० को सोझो सेटमा हराए । उद्घाटन खेलमा शिवम् सिमेन्टको जर्सीमा उत्रिएको न्युडायमण्डले पुलिसलाई २५–१९,२५–१७ र २५–१० ले हरायो । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामो भएको पहिलो खेलमा पश्चिमाञ्चलले आर्मीलाई २५–२१,२५–१८ र २५–२१ को सोझो सेटमा हरायो । बहुउद्देश्य रंग कम्पनी केएनपी जापन प्रालीको मुख्य प्रायोजन तथा शिवम् सिमेन्टको सह–प्रायोजनमा संचालन भएको प्रतियोगिताको उद्घाटन उपराष्ट्रपती नन्द किशोर पुनले गरे । प्रतियोगिताका विजेताले प्राप्त गर्ने १ लाख ५० हजार क्वायरटुफ म्याट्रेसले प्रायोजन गरेको छ । प्रतियोगितालाईसफल पार्न राष्ट्रिय खेलकुद परिषद्,नेपाल भलिबल संघ,डल्फीन चियर,एयर एशिया,आइएमइ सहयोगि साथी बनेका छन् । त्यस्तै उपबिजेताले १ लाख र तेस्रो हुने टोलीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । सर्वोकृष्ट खेलाडी र विधागत उत्कृष्टतर्फ स्पाइकर, क्वीकर,सेटर, ब्लकर, डिफेन्स र सर्भरका नगद पुरस्कार जनही तीन हजार जेम्स फ्लोरिङले प्रदान गर्नेछ । प्रतियोगिताको बैंकीङ पार्टनरको रुपमा एनआइसी एसीयाले गरेको छ । लिगकम नकाउटका आधारमा संचालन भएको प्रतियोगिताको समुह एमा साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब,आर्मी र पश्चिमाञ्चल रहेका छन भने समुह बीमा न्यु डायमन्ड एकेडेमी, नेपाल पुलिस क्लब र पश्चिमाञ्चल भलिबल संघ रहेका छन् । उत्कृष्ट प्रशिक्षकलाई पुरस्कृत गरिने भएको छ । टोलीले पाएको सफलता, खेलाडीको स्तर र प्रदर्शनका आधारमा फाइनल पुग्ने दुई टोलीबाट एक टिमका प्रशिक्षकले तीन हजार नगदसहित बुद्ध एयर बेस्ट प्रशिक्षकको उपाधिबाट पुरस्कृत गरिने छन् ।
उद्घाटनका अवसरमा प्रमुख प्रायोजकका कन्ट्री डाईरेक्टर मनोज मिश्रा,सह–प्रायोजक शिवम् सिमेन्टका अध्यक्ष सुरेन्द्रकुमार गोयल,नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा,आयोजक प्रतिष्ठानका अध्यक्ष रन्जन खड्कालगायतको उपास्थिति रहेको थियो ।

Comment