टप माउन्टेनको ३४ औ बेल्ट प्रमोसन
टप माउन्टेन तेक्वान्दो एसोसीएसनले ३४ औ बेल्ट टेस्ट सम्पन्न गरेको छ । मास्टर गणेश गुरुङ्ग प्रमुख रहेको यस एसोसीएसन को प्रभाव नेपालमा पनि रहेको छ । नेपालमा चितवन, पोखरा र कुश्मामा पनि यसको शाखा रहेको छ । हङ्गकङ्गमा १ मार्च२००९मा स्थापीत यस एसोसीएसन सामाजीक कार्यमा समेत सक्रिय रहेको छ । तेक्वान्दो हेडक्वार्टर कुकीवानबाट एक दशक अघि नै मास्टर कोर्ष गरेका टप माउन्टनेनका प्रमुख गुरुङ्गले सन् २०१३ मा बिश्व हाङ्गमादाङ्ग र त्यसको एक बर्ष पछि इन्टरनेसनल रेफ्रि कोर्ष पुरा गरेका थिए । उनले सन् २००४ मा हङ्गकङ्गको राष्ट्रिय प्रशिक्षक र रेफ्रि कोर्ष पुरा गरेका थिए ।
साथै सांस्कृतीक कार्यमा समेत यो एसोसीएसन सक्रिय रहेको छ । नेपालका थुप्रै कलाकार हङ्गकङ्गमा लगेर कार्यक्रम गर्न सफल गुरुङ्ग आफैले टप माउन्टेन फील्म प्रोडक्सन स्थापन गरिसकेका छन् । हाल टप माउन्टेनमा नौ देशका २७५ खेलाडी आठ वटा शाखाका प्रशिक्षण गरिरहेका छन् । सो एसोसीएसनमा प्रत्येक तीन महिनामा बेल्ट प्रमोसन हुने गरेको छ ।
एसोसीएसन प्रमुख मास्टर गुरुङ्गले थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय च्याम्पियनसीपमा पदक पाइसकेका छन् । उनको सक्रियता हङ्गकङ्ग, अमेरिका र कोरियासम्म फैलीएको छ । उनी सन् २०१३ सेप्टेम्बर दुइका दिन कुकीवान प्रमुखबाट बिशेष अवार्ड पाउन पनि सफल भएका थिए ।