खेलकुद मन्त्रीको बिदाइ
युवा तथा खेलकुद मन्त्रालयले मन्त्री दलजीत विके श्रीपालीलाई बुधबार बिदाइ ग¥यो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट, राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख बासुदेव आचार्य, खेलकुद मन्त्रालयका सचिव महेश दहाललगायतका कर्मचारी, स्काउटका प्रतिनिधि, युवा परिषद्का प्रतिनिधिलगायतले सिहंदरबारस्थित मन्त्रीकै कार्यकक्षमा बिदाइ गरे ।सो अवसरमा मन्त्री श्रीपालीले सबैको सहयोगले आफ्नो कार्यकाल सफल भएको धारणा व्यक्त गर्दै आउने मन्त्रीलाई पनि आफूलाई झै सहयोग गर्न आग्रह गरे । उनले आफ्नो कार्यकालमा आफू मातहतका क्षेत्रलाई माथि उठाउन सक्दो प्रयास गरेको बताए ।
सदस्य–सचिव विष्टले मन्त्रीज्यूले लामो समदेखि रोकिएको सातौं राष्ट्रिय खेलकुद आयोजना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउदै अन्योलमा रहेको नेपालको राष्ट्रिय खेलकुदको टुंगो लगाउन पनि विशेष भूमिका खेलेको विचार व्यक्त गरे । उनले मन्त्रीज्यूको कार्याकालमा अन्य विषयमा पनि महत्वपूर्ण निर्णय भएको जानकारी गराए ।
सचिव दहालले मन्त्रीज्यूको कार्याकालमा आफूलाई काम गर्न कुनै असहजता महशुस नभएको बताउदै आगामी दिनमा उनलाई राजनीतिक सफलताका शुभकामना दिए ।