पायनीयर र ग्रीनल्यान्डका खेलाडीलाई उपाधि

Manoj Shiama
10 June, 2017 10:20 pm


१३ औ राष्ट्रब्यापी विद्यालयस्तरीय अन्नपूर्ण मैत्री खुल्ला बुद्धीचाल प्रतियोगिताको छात्रा यु–१० स्पर्धामा पायनीयर स्कुलकी स्नेहा बुढाथोकीले उपाधि हात पारेकी छिन् । पाच चरणको समाप्तीमा उनले सतप्रतिसत अंक प्राप्त गरिन् । सो स्पर्धामा त्रीयोगकी मार्सल तामाङले दोश्रो तथा हिमालयन एकेडेमीकी सिम्रन केसीले तेश्रो स्थान पाए । छात्राकै यु–१२ स्पर्धामा ग्रीनल्यान्डकी सम्बृद्धी पाण्डेले पाच चरणमा सत प्रतिसत जित हात पार्दै उपाधि जितेकी छिन् । बिन्ध्याबासीनीकी रजनी डंगोल दोश्रो तथा पायनीयरकी सुप्रीया बुढाथोकी तेश्रो भए । यु–१४ स्पर्धामा पायनीयरकी आभा पुडासैनी सत प्रतिसत जित सहित पहिलो हुदा अन्नपूर्णकी नेहा दास बाँनीया दोश्रो र ग्रीनल्यान्डकी निर्जला पौडेल तेश्रो भए । यु–१६ मा पायनीयरकी अनिसा न्यौपाने सत प्रतिसत जित सहित पहिलो भइन् । एस्टर एकडेमीकी स्नेहा यादव दोश्रो तथा सुप्रीमकी अस्मिता पुलामी मगरले तेश्रो स्थान पाए ।
छात्र तर्फ आइतबार अन्तिम चरणको खेल हुने छ । पाच चरण सकिदाँ यु–१० मा हिमालयन ऐकडेमीका मनोज घिसिङ, यु–१२ मा दिपज्योतका प्रसन्न विक्रम कुबँर, यु–१४ मा पुष्पसदनका खुसीराम गुरुङ,अन्नपूर्ण उमाबीमा समिर अन्सारी,पायनीयरका सौरभ पोख्रेल र बिन्ध्यबासीनीका अनिस डंगोल संयुक्त शिर्ष स्थानमा छन् । यु–१६ मा पायनीयरका सुदिप तामाङ शिर्ष स्थानमा छन् । प्रतियोगितामा ३४ विद्यालयका २ सय ८२ खेलाडीको सहभागिता रहेको छ ।