सरिता च्याम्पियन

Manoj Shiama
11 June, 2017 11:05 pm


सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लबकी सरिता श्रेष्ठले दोश्रो आईएमए अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा ग्रान्ड च्याम्पियनको उपाधि आइतबार जितेकी छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको एकल काताको फाइनलमा सरिताले प्रयागपोखरीका यनोज महर्जनलाई पराजित गरे । सिनियरतर्फ पुरुष र महिला एकल काताका विजेतालाई पुनः ग्रान्ड च्याम्पियनका लागि प्रतिस्पर्धा गराइएको थियो । सरिताले उपाधिसहित १२ हजार नगद पुरस्कार प्राप्त गरिन् ।
अन्तर्राष्ट्रिय मार्सल आर्ट संघ नेपालद्वारा आयोजित दुईदिने प्रतियोगिताका विजेतालाई आयोजक संघका संरक्षक एवं अन्तर्राष्ट्रिय मार्सल आर्ट संघ, अमेरिकाका दक्षिण एसियाली प्रमुख शान्त थोकरले, महासचिव प्रकाश श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । प्रतियोगितामा नेपाल र भारतबाट ३ सय १० खेलाडीले विभिन्न ४७ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।