सम्मान कार्यक्रम

Manoj Shiama
14 June, 2017 9:57 pm

भक्तपुर जिल्ला खेलकूद विकास समिति र विद्या विकास सेकेण्डरी बोर्डिङ्ग स्कूल भक्तपुरको संयुक्त आयोजनामा तेक्वाण्डो आइटिएफ नेपालका खेलाडी (बाबुछोरा) लक्ष्मण बस्नेत र सस्मन बस्नेतलाई सम्मान गरिएको छ । तेक्वाण्डो आइटिएफ नेपालका संस्थापक अध्यक्ष एवम् प्रमुख प्रशिक्षक तथा अन्तर्राष्ट्रिय ए क्लास रेफ्री समेत रहेका बस्नेतले जुलाई २०१६ मा बेलायतको ब्राइटन शहरमा सम्पन्न भएको १८ औं एडल्ट, सिनियर तथा १३ औ जुनियर आइटिएफ विश्व तेक्वाण्डो च्याम्पियनसीपमा सिनियर व्यक्तिगत स्पाइरिङ्ग तर्फ ६४ केजी तौल समूहमा काँस्य पदक जितेका थिए । बस्नेतले क्वाटर फाइनलमा आयरल्याण्डका खेलाडीलाई पराजित गरी सेमिफाइनलमा पोल्याण्डका खेलाडिसँग पराजित भएका थिए ।

उनले सन् २००४ मा सम्पन्न भएको मलेशिया ओपन आटिएफ च्याम्पियनशीपमा काँस्य पदक जितेका थिए ।  त्यसैगरी सस्मन बस्नेतले सोही प्रतियोगिताको १४।१५ वर्ष उमेर समूहको कलर बेल्ट ६४ केजी तौल समूहमा रजत पदक हात पार्न सफल भएका थिए । सस्मन बस्नेत फाइनलमा वेल्सका खेलाडीसँग पराजित भएका थिए । उक्त प्रतियोगितामा नेपालका ४ खेलाडी तथा फोटापत्रकारका रुपमा रजेन्द्र केसी सहभागी भएका थिए । सम्मानित हुने खेलाडीलाई प्रमुख अतिथि ओलम्पियन जीतबहादुर केसीले सम्मान पत्र वितरण गरेका थिए। त्यसैगरी तेक्वाण्डो आइटिएफ नेपालले प्रशिक्षक गयाजी खड्का र खेल फोटोपत्रकार रजेन्द्र केसीलाई पनि सम्मान गरेको छ । प्रशिक्षक गयाजी खड्का विगत १० वर्षदेखि निरन्तर सक्रिय रही विभिन्न विद्यालय तथा क्लबहरुमा प्रशिक्षण दिई योगदान पु¥याए बापत सम्मान गरिएको थियो भने रजेन्द्र केसी लाई पनि विगत १० वर्षदेखि  फोटोपत्रकारको रुपमा काम गरी तेक्वाण्डो आइटिएफ नेपालको विकास, विस्तार तथा समग्र नेपालको खेलकूदको विकासमा योगदान पु¥याए बापत सम्मान गरिएको छ ।