साइपाल सेमिफाइनलमा

Manoj Shiama
15 June, 2017 10:37 pm

साइपाल सेमिफाइनलमा साइपाल एकेडेमी प्रथम लाखे पोखरी अन्तरविद्यालय सेभेन ए साइड फुटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ । कपन फइका युवा समूहद्वारा आयोजित प्रतियोगितामा साइपालले पुष्पलाल मेमोरियललाई ४–० गोलअन्तरले पराजित ग¥यो । अर्को खेलमा लिटिल मुनले जोसेफलाई टाइब्रेकरमा ३–२ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो । शुक्रबार सम्पन्न हुने प्रतियोगितामा १६ छात्र टिमको सहभागिता रहेको आयोजक समूहका अध्यक्ष मनोज खत्रीले जनाएका छन् ।