साइपाललाई उपाधि

Manoj Shiama
17 June, 2017 6:53 am

 साइपाल एकेडेमीले प्रथम लाखे पोखरी अन्तरविद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । कपन फइका युवा समूहद्वारा आयोजित प्रतियोगिताको फाइनलमा साइपालले सारदा एकेडेमीलाई ३–१ गोलअन्तरले पराजित ग¥यो । विजयी टिमका लागि मुकेश तामाङले २ तथा पेम्बा तामाङले १ गोल गरे । सारदाबाट सुजन तामाङले सान्त्वना गोल फर्काए । सुजन उत्कृष्ट खेलाडी समेत चुनिए । विजेतालाई काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपाने, आयोजक समूहका अध्यक्ष मनोज खत्रीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । कपनको फइकामा भएको तीनदिने प्रतियोगितामा १४ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।