खेलाडी संघद्वारा शोक व्यक्त

Manoj Shiama
20 June, 2017 10:37 pm

खेलाडी संघद्वारा शोक व्यक्तअमेरिकाको अलस्कास्थित डेनाली हिमालको आरोहण गर्ने क्रममा ज्यान गुमाएका अल्ट्रा धावक एवं आरोही सञ्जय पण्डितको निधनमा खेलाडीहरुको छाता संगठन नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले गहिरो दुःख व्यक्त गरेको छ ।‘पण्डितको निधनले खेलाडी संघका साथै सम्पूर्ण खेल क्षेत्र स्तब्ध बनेको छ । उनको निधनमा खेलाडी संघ गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछ ।’– खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले विज्ञप्ति जारी गर्दै भनेका छन् । साथै खेलाडी संघले शोक सन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गरेको छ ।पण्डितको गत शुक्रबार ६ हजार १ सय ९० मिटर अग्लो डेनाली हिमाल ओरोहण गर्ने क्रममा ‘हाइ अल्टिच्यूट सिक्नेस’ का कारण निधन भएको थियो । प्युठानका २९ वर्षीय पण्डितले विश्वको सर्वोच्च शिखर सगरमाथाका साथै विश्वका विभिन्न देशका अग्लो हिमालको सफल आरोहण गरिसकेका थिए ।