पारा टोलीलाई ट्रयाकसुट
Manoj Shiama
22 June, 2017 9:45 am
दक्षिण कोरियाको छुनचियोनमा हुने तेश्रो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई केएल ग्रुपले ट्रयाकसुट प्रदान गरेको छ । पारा तेक्वान्दो प्रशिक्षक कल्याण कुँवरले दशरथ रंगशालामा उक्त ट्रयाकसुट टोलीका सदस्यलाई बुधबार हस्तान्तरण गरे ।असार १७ मा हुने उक्त प्रतियोगितामा सहभागी हुन ३ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । पुरुषको ७५ केजीमुनि रोहितहाङ राई तथा महिलाको ४९ केजीमुनि रञ्जना धामी र ५८ केजीमा पलेशा गोवर्धनले प्रतिस्पर्धा गर्नेछन् । टोली नेतामा कासिम मियाँ धोबी, व्यवस्थापकमा दीपक विष्ट र प्रशिक्षकमा कविराज नेगी लामा छन् । कोरिया बसाइका क्रममा खेलाडीले विशेष प्रशिक्षण समेत लिने र खेलाडीले पदक जित्ने प्रबल सम्भावना रहेको व्यवस्थापक विष्टले बताए ।