मलेसियामा नेपालीलाई सफलता
मलेसियामा स्टुडेन्ट ओलम्पिक काउन्सील एसिया र मलेसियन स्टुडेन्ट ओलम्पिक एसोसीएसनकाृ संयुक्त आयोजनामा २९ जुन देखि भएको तेश्रो स्टुडेन्ट ओलम्पिक इन्टरनेसनल गेम्समा दुइ स्वर्ण, दुइ रजत र दुइ काश्य पदक जितेको छ । नेपालको तर्फबाट राष्ट्रिय तेक्वान्दो संघ–नेपालका खेलाडी सहभागि थिए ।
शनीबार सम्पन्न प्रतियोगितामा नेपाली टोलीको नेतृत्व नेपाल स्टुडेन्ट ओलम्पिक एसोसीएसनका अध्यक्ष तथा राष्ट्रिय तेक्वान्दो संघ– नेपालका महासचिव राज कुमार कार्कीले गरेका हुन् । यस संघका उपाध्यक्ष हरी बहादुर बुढाथोकीले उक्त प्रतियोगितामा जुरीको भूमिका निर्वाह गरे । टिम व्यवस्थापकको जिम्मेवारी यस संघका केन्द्रीय सदस्य गोकर्ण कुँवरले गरेका थिए । प्रशिक्षकमा भूमिका धर्मेन्द्र बाँनिया अग्रहरी थिए
क्योरुगी तर्फ तपन कुमार केवटले (५३ के.जी) फाइनलमा आयोजक मलेसियाका खेलाडीलाई पराजित गरी प्रथम भए । क्षितिज पाण्डे (४६ के.जी) फाइनलमा भारतीय खेलाडीलाई पराजित गरी पहिलो भए । शुक्र बहादुर वि.क. (६२ के.जी) फाइनलमा आयोजक टोलीका खेलाडीसग पराजित भई दोस्रो भए । सञ्जय कुँवर(५८ के.जी) पाकिस्तानी खेलाडीसंग पराजितभई दोस्रो स्थानमा रहे । बिमला तामाङ्ग (४५ के.जी) सिङ्गापुरसँग पराजित भई तेस्रो स्थापनमा नै चित्त बुझाइन् । रबि अधिकार र (४८ के.जी) बगलादेस पराजित भइ तेस्रो भएका छन् । प्रतियोगितामा १३ राष्ट्रको साहभगिता रहेको थियो ।