काठमाडौं टोलीको बिदाइ

Manoj Shiama
2 July, 2017 11:39 pm


काठमाडौं जिल्ला खेलकुद विकास समितिले नवौं मध्यमाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुदमा सहभागी हुने काठमाडौंका खेलाडीसहितको टोलीलाई आइतबार बिदाइ गरेको छ ।सोमबारदेखि राजधानीमा सुरु हुने नवौं मध्यमाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुदमा काठमाडौंबाट विभिन्न ८ खेलमा ८० खेलाडी सहभागी हुँदैछन् । रनिङ सिल्डमा भलिबल, एथलेटिक्स, फुटबल, उसु, कराते, तेक्वान्दो, कबड्डी र क्रिकेटमा प्रतिस्पर्धा गर्नेछन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पा, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपाने र कार्यालय प्रमुख लीलाराम बस्नेतलगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।

)?$/gm,"$1")],{type:"text/javascript"}))}catch(e){d="data:text/javascript;base64,"+btoa(t.replace(/^(?:)?$/gm,"$1"))}return d}-->