रोशनी र कृति फाइनलमा
नवौं मध्यमाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुदको चितवनकी रोशनी श्रेष्ठ र भक्तपुरकी कृती श्रेष्ठ नवौँ राष्ट्रिय रनिङ्ग शिल्ड अन्तर्गत मध्यमाञ्चलको क्षेत्रीय तेक्वान्दो छनौटको फाइनलमा पुगेकी छिन् । कोटेश्वरस्थीत कोटेश्वर तेक्वान्दो डोजाङ एन्ड फिटनेस क्लबमा सोमबारदेखि सुरु भएको छनोटमा महिला ४२ केजी तौलसमुहमा रोशनी र कृती फाइनलमा पुगीन् । सेमीफाइनलमा रोशनीले काठमाडौँकी अस्मीता महर्जनलाई र कृतीले मकवानपुरकी मुना थोकरलाई हराउँदै फाइनलमा स्थान बनाइन् । महिलाकै ४४ केजीतौल समुहमा नुवाकोटकी रिता तामाङ र काठमाडौँकी सरिता रुवालीले फाइनलको यात्रा तय गरिन् । सेमीफाइनलमा रिताले काभ्रेकी सरिता चापागाँई र सरिताले ललितपुरकी मारियाँ पुनको चुनौती समाप्त पारेकी थिइन् ।
त्यस्तै महिलाकै ४६ केजी तौलसमुहमा काठमाडौँकी योगमाया श्रेष्ठ र पर्साकी मुकान चौधरी फाइनलमा प्रवेश गरिन् । अन्तिम चारमा योगमायाले रामेछापकी अनिता कार्की र मुकानले मकवानपुरकी सुकुमाँया बुलुनलाई स्तब्ध पारेकी थिइन् । पुरुष ४५ केजीतौल समुहमा ललितपुरका श्रीकृष्ण कार्की,काठमाडौँका पुजन खड्का,पर्साका राजकुमार श्रेष्ठ र बाराका सुसान्त भोलुन,४८ केजीतौलमा भक्तपुरका सौरभ गुरुङ र रामेछापका बाबुलाल बन्जरा तथा ५१ केजी तौलमा काठमाडौँका सैलेस गीरी र ललितपुरका विवेश केसीले अन्तिम चारमा स्थान बनाए ।
राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको मध्यमाञ्चल छनौटमा १८ जिल्लाका विभिन्न तौल समुहका १०८ खेलाडीहरुले प्रतिस्पर्धा गरेको मध्यमाञ्चल क्षेत्र छनोटका संयोजक नविन कुमार श्रेष्ठले बताए । उक्त प्रतियोगिताको उद्घाटन प्रमुख अथिती वडा नम्बर ३२ का अध्यक्ष नबराज पराजुलीले गरेका थिए ।