डब्लुकेएफको रोहबरमा साधारणसभा आबस्यक


श्याम शेर्पा, नेपाल सोतोकान कराते एसोसीएसनका मुख्य प्रशिक्षक । नेपाली कराते पछिल्लो समय सही अबस्थामा रहेको छैन । यसै अबस्थामा नेपाली कराते दक्षिण एसियाली खेलसम्म जादाँ अबस्था अत्यन्त प्रतिकुल हुने बिश्लेशण समेत खेलकर्मीहरुले गर्ने गरेका छन् । यसै प्रसंगमा शेर्पासंग गरिएको कुराकानीको सार संक्षेप
नेपाली कराते कतातीर गइरहेको छ ?
नेपाली करातेको अबस्था सही दीशातर्फ गइरहेको छैन । करातेका आफ्नै समस्या छन् । यसलाई समाधान गर्न नसक्ने हो भने नेपाली करातेको विगतको साख जोगाउन हामीलाई धेरै समस्या रहने नै छ ।
आफ्नै समस्या चाही के हो ?
नेपाली कराते महासंघको द्ध्रैध अस्तीत्व नै मुख्य समस्या हो । एकातीर नेपाल कराते महासंघ छ । हामीले चाडैनै प्रशिक्षणलाई ब्यबस्थित गराउने सोच राखेका छौ । तर, यहाँ समस्या के हो भने राज्यको सुबीधा प्रशिक्षण गर्ने खेलाडी हुनु हुन्छ । अन्य राज्यको सुबीधा बाहेक पनि रहनु भएको छ । राज्यको सुबीधा नपाउने खेलाडीको हकमा सहभागिता जनाए पनि आर्थीक समस्याका कारण प्रशिक्षणमा मानसिक एकाग्रता कठिन छ । सामान्य होकी हरेक नेपालीका लागि सामान्य जिवन यापन पनि कठिन विषय हो । यसमा ध्यान दिदै प्रशिक्षण गर्नु पर्छ । जहाँसम्म राज्यको सुबीधा उपयोग गर्ने खेलाडी हुनु हुन्छ । उहाहँरु पनि क्षमतावान हुनु हुन्छ । उहाँहरुको हकमा सहभागिता नै कठिन छ । सहभागि भए पनि मानसिक रुपमा खुल्ला हुन नसकेको विगत हामीले देखि सकेका छौ । तसर्थ सबै खेलाडीको एकै ठाउमा छनोट । छनोट हुनेको बन्द प्रशिक्षण र सहभागिताको बैज्ञानीक ब्यबस्था मिलाउन खेलकुद परिषद् आफै सक्रिय हुुु पर्ने हो । त्यो भएको देखेको छैन ।
समस्याको समाधान चाँही के हुन सक्छ ?
यी सबै समस्याको समाधान नेपाल कराते महासंघको सधारणसभा हो । हाम्रो प्रमुख सस्था बिश्व कराते महासंघ र एसियाली कराते महासंघको रोहबरमा उहाँहरुकै गाइडलाइनमा सधारण सभा र त्या्े साधारण सभामा सबै करातेकर्मीको उपश्थिती र प्रतिनिधीत्व आबस्यक छ । अन्यथा हामी झनै कमजोर हुने छ ।

Comment