तेक्वान्दोमा काठमाडौ पहिलो
नवौँ राष्ट्रिय रनिङ्ग शिल्ड अन्तर्गत मध्यमाञ्चलको क्षेत्रीय तेक्वान्दो छनौटको शिल्ड काठमाडौँले जितेको छ । कोटेश्वरस्थीत कोटेश्वर तेक्वान्दो डोजाङ एन्ड फिटनेस क्लबमा भएको छनोटमा काठमाडौँले ३ स्वर्ण र २ रजत पदकका साथ च्याम्पियनको शिल्ड उचाल्यो । दुई स्वर्ण र एक कास्य जितेको नुवाँकोट दोस्रो तथा ललितपुरले समान एक–एक स्वर्ण,रजत र कास्य पदक जित्दै तेस्रो स्थानमा चित्त बुझायो । मंगलबार भएको खेलमा महिला ४२ केजी तौलसमुहमा काठमाडौंकी अस्मीता महर्जनले स्वर्ण,मकवानपुरकी मुना थोकरले रजत,काठमाडौँकी रोशनी श्रेष्ठ र भक्तपुरकी कृती श्रेष्ठ तेस्रो भइन् ।
महिलाको ४४ केजीतौल समुहमा नुवाकोटकी रिता तामाङले स्वर्ण,काठमाडौँकी सरिता रुवालीले रजत पदक जितिन् । सोही तौलमा काभ्रेकी सरिता चापागाँई र ललितपुरकी मारियाँ पुनले कास्य पदकै चित्त बुझाइन् । महिलाकै ४६ केजी तौलसमुहमा काठमाडौँकी योगमाया श्रेष्ठले स्वर्ण र पर्साकी मुकान चौधरीले रजत पदक हात पारिन् । उक्त तौलमा रामेछापकी अनिता कार्की र मकवानपुरकी सुकुमाँया बुलुनले कास्य पदक जितीन् । पुरुषको ४५ केजीतौल समुहमा काठमाडौँका पुजन खड्काले ललितपुरका श्रीकृष्ण कार्कीलाई हराउँदै स्वर्ण जिते । सो तौलमा पर्साका राजकुमार श्रेष्ठ र बाराका सुसान्त भोलुनले संयुक्त रुपमा कास्य जिते । पुरुषकै ४८ केजीतौलमा नुवाकोटका विकास कुमालले भक्तपुरका सौरभ गुरुङलाई हराउँदै स्वर्ण पदक जिते । सोही तौलमा रामेछापका बाबुलाल बन्जरा र बाराका सुरेसमान थिङले कास्यमै चित्त बुझाए ।
पुरुषको ५१ केजी तौलमा ललितपुरका विवेश केसीले काठमाडौँका सैलेस गीरीलाई हराउँदै स्वर्ण पदक हात पारे । उक्त तौलमा नुवाकोटका कृष्ण बहादुर तामाङ र भक्तपुरका विकल मगर संयुक्त रुपमा कास्यमै सिमीत भए । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको मध्यमाञ्चल छनौटमा १८ जिल्लाका विभिन्न तौल समुहका १०८ खेलाडीहरुले प्रतिस्पर्धा गरेको मध्यमाञ्चल क्षेत्र छनोटका संयोजक नविन कुमार श्रेष्ठले बताए । विजेता खेलाडीलाई पुर्व युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङले पुरस्कृत गरे । नवौँ राष्ट्रिय विद्यालायस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद अन्तर्गत तेक्वान्दो प्रतियोगिता अगामी २३ र २४ असार सम्म हुनेछ ।