मध्यमाञ्चललाई उपाधि
मध्यमाञ्चललाई उपाधि नवौं राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिता अन्त्रगत कोटेश्वर तेक्वान्दो डोजाङमा भएको तेक्वान्दोमा मध्यमाचल ४ स्वर्ण, १ रजत र २ कांस्यसाथ टिम च्याम्पियन बनेको छ । १ स्वर्ण, १ रजत र ३ कांस्यसाथ मध्यपश्चिमाञ्चल दोश्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको पश्चिमाञ्चलले १ स्वर्ण, १ रजत र २ कांस्य हात पा¥यो । छात्रको ४५ केजीमा मध्यमाञ्चलका पुजन खड्का, ४८ केजीमा मध्यपश्चिमाञ्चलका लक्ष्मण गुरुङ र ५१ केजीमा मध्यमाञ्चलका सैलेश गिरी पहिलो भए । त्यस्तै छात्राको ४२ केजीमा मध्यमाञ्चलकी अस्मिता महर्जन, ४४ केजीमा पश्चिमाञ्चलकी पूजा पुराहा र ४६ केजीमा मध्यमाञ्चलकी योगमाया श्रेष्ठले स्वर्ण जिते ।