फुटभली संघमा हरी

Manoj Shiama
9 July, 2017 11:36 pm


राष्ट्रिय खेलकुद परिषद अन्तर्गत रहेको फुटभली संघको काठमाडौं समिति गठन भएको छ । जिल्ला खेलकुद विकास समिति काठमाडौंको सभाहलमा सम्पन्न भेला बाट हरी महर्जनको अध्यक्षयतामा जिल्ला फुटभली संघ काठमाडौंको ९ सदस्यीय समिति गठन भएको छ । काठमाडौं जिल्ला समिति गठन कार्यक्रमा नेपाल फुटभली संघका अध्यक्ष मनिष जोशी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धुव्रराज न्यौपाने, जिखेविस उपाध्यक्ष एवम फुटभली संघका महासचिव बद्रि भट्राई, लोकतान्त्रीक खेलकुद संघका सदस्य राजु विक्रम थापा, काठमाडौं जिखेविस कार्यालय प्रमुख लिलाराम बस्नेत लगायतले शुभकामना तथा बधाई दिएका थिए । समितिमा अध्यक्ष हरी महर्जन सहित उपाध्यक्ष शेखर डङ्गोल, सचिव नविन महर्जन, कोषाध्यक्ष अनु सापकोटा, सदस्यहरुमा राजन लामा,सागर कार्की, विष्णु मगर ,निरन्जन डङ्गोल, प्रकाश महर्जन लगायत रहेका छन ।