भैरहवामा महिला तेक्वान्दो


प्रथम रुपन्देही जिल्ला स्तरीय महिला आमन्त्रण तेक्वान्दो प्रतियोगिता भैरहवाको कर्मचारी मिलनकेन्द्रमा सम्पन्न भयो । ए प्लस ट्रेनिंग सेन्टरको आयोजना तथा जिल्ला महिला समन्वय समितीको आयोजनामा भएको प्रतियोगितामा ५२ जना खेलाडी सहभागि रहेको भैरहवाबाट तेक्वान्दो प्रशिक्षक प्रकासराज भण्डारीले जानकारी दिएका छन् ।
जिल्ला महिला समन्वय समितीको उपाध्यक्ष रमा अर्यालको प्रमुख आतीथ्यतामा भएको कार्यक्रममा एप्लस ट्रेनिंग सेन्टरका प्रबन्ध निर्देशक हेमा बालबासे केसीको सभापतीत्वमा स्रचालन भएको हो । अनिस सिंह कार्कीको संयोजकत्वमा भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समितीका सचिव संगम सिह थापा बिशेष अतीथी थिए । जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रकास सहित बरिष्ठ उपाध्यक्ष दिपेन्द्र बुढा प्रीती,घुमी मार्सल इलेक्ट्रो टेक्नीकल इन्स्टीच्युटका प्रोपाइटर सौरभ कुबँर, जिल्ला तेक्वान्दो संघका सचिव मदन थापा र खेलप्रेमी रमेस मगर उपश्थित थिए । दिपक शर्माले कार्यक्रम स्रचालन गरेका थिए ।
प्रतियोगिताको ३६ किलो तौल समुहमा बुटवल तेक्वान्दो डोजांगकी एलीजा रोकाय पहिलो, विएचडब्लुकी बबीता रोकाय दोश्रो तथा सिद्धार्थ अस्मी गुरुंग र लुम्बीनीकी कुसुम थापा तेश्रो भए । एलीजासंगै ४० किलो तौल समुहमा पनि बुटवल तेक्वान्दो डोजांगकी रिजा थापा दोश्रो भइन् ।सोनाली गुप्ता, सितल श्रेष्ठ र बिनिता घीमीरे अन्य पदकधारी भए । ४४ किलोमा बिएजडब्लुकी नेहा प्रधान लुम्बीनी यम कुमारी बराल,अस्फोर्डकी बिनिता पन्त र बिएजडब्लुकी लुना कुमारी थापा शिर्ष तीन स्थानमा रहे । ४८ किलोमा अक्सफोर्डकी पुजा पाण्डे पहिलो भइन् । लुम्बीनीकी रिया शमाृ,बिएजडब्लुकी सीला राना र सिद्धार्थकी मुना थापा अन्य पदकधारी रहे । २३ किलोमा बुटवलकी अनुश्का गुरुंग पहिलो हुदा सोही टोलीकी रोसनी तामांग दोश्रो तथा बुद्ध शिक्षाकी विपिसा बिके र विएजडब्लुकी स्मृती सुनार तेश्रो भए ।
६१ किलोमा अक्सफोर्डकी अनीषा रुचा पहिलो हुदा विएनडब्लुकी मेनका गैरे दोश्रो तथा सोमलिता क्षेत्री र कृपा मल्ल तेश्रो भए । ६१ किलो भन्दा माथिको समुहमा सृष्टि सतुंगलले स्वर्ण, बुटवलकी सुस्मी अस्लामीले रजत तथा विएचडब्लुकी सबिना गाहा र पूर्णीम गुरुङले काश्य पदक जिते । २९ किलोमा विएचडब्लुकी माही पुनले स्वर्ण तथा नित्या पाण्डेले रजत पदक जिते । सिमोन थकालीले काश्य पदक पाइन् । ५३ किलोमा अक्सफोर्डकी सुजाता जीसीले स्वर्ण,विएचडब्लुकी साजल पुलामीले रजत तथा लुम्बीनीकी कृपा शाह र सिद्र्धार्थकी साक्षी आलेले काश्य पदक पाए । ५७ किलोमा विएचडब्लुकी सिम्रन विकले स्वर्ण,जित गोधलीकी अनु नेपालीले रजत तथा सिथाद्र्धकी निसा हेन्जाली र लुम्बीनीकी मिना गुरुंगले काश्य पदक पाए । ३२ किलोमा बुटवलकी आशा विकले स्वर्ण,अक्सफोर्डकी कृष्णा खनालले रजत तथा सिद्धार्थकी सृष्टि पौडेल र विएचडब्लुकी मिरा रायमाझीले काश्य पदक पाए ।

Comment