कुराँसलाई माउन्टेनको सहयोग
Manoj Shiama
12 July, 2017 10:53 pm
कुराँस खेलाडीको क्षमता अभिबृद्धि गर्न माउन्टेन मल्टिपल कन्सल्टेन्सी प्रा.लि. ले नेपाल कुराँस संघलाई बुधबार आर्थिक सहयोग उपलब्ध गराएको छ । माउन्टेनका निर्देशक प्रवीणकुमार बलले कुराँस संघका अध्यक्ष दानबहादुर घिसिङ र महासचिव ध्रुवराज न्यौपानेलाई ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरे ।
कार्यक्रममा बलले कुराँस खेलका लागि अहिलेको सहयोग सांकेतिक भएको बताउदै वार्षिक रुपमा कुराँसका लागि ५ लाखसम्मको सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले काठमाडौं जिल्ला खेलकुद विकास समितिलाई पनि सहयोग गर्ने सोच बनाएको बताए ।