फेरी पनि जुडोमै सफलता

Manoj Shiama
15 July, 2017 10:51 pm


जुडोमा नेपाली जुडो खेलाडी मनीता प्रधानले महत्वपूर्ण सफलता हात पारेकी छिन् । दक्षिण एसियाली खेलकुदकी उपविजेता समेत रहेकी मनीताले क्रीगीस्तानको बिस्केकमा जारी एसियन क्याडेट तथा १८ औ एसियन जुडो च्याम्पियनसीपको ५७ किलो तौल समुहमा काश्य पदक हात पारेकी हुन् ।
९ देशका १० खेलाडी सम्मीलीन स्पर्धामा मनीताले पहिलो बाउटमा भारतीय खेलाडीलाई हराएकी हन् । नेपालका किरण गादेल ६० किलो तौल समुहमा इरानी खेलाडीसंग पराजित भए भने ६६ किलो तौल समुहमा इन्द्र बहादुर श्रेष्ठ आयोजक टोलीका खेलाडीसंग पराजित भएको नेपाल जुडो संघका अध्यक्ष धर्म कुमार श्रेष्ठ र मुख्य प्रशिक्षक विरेन्द्र रन्जीतले जनाएका छन् । ।
एसियाली युथ प्रतियोगितामा नेपालको निरन्तर सफलतालाई मनीताले निरन्तरता दिएकी हुन् । पछिल्लो एक दशकमा एसियाली स्तरको उमेर समुहमा नेपालका लिला अधीकारी, सुनिता थापा मगर र फूपू ल्हामु खत्रीले सफलता पाइसकेका छन् ।