हेभेन्ली गार्डेन तेक्वान्दोमा प्रभाव जमाउदै


दक्षिण कोरियाको मुजु शहरमा भएको ११ औ बिश्व तेक्वान्दो कल्चर एक्सपोमा हेभेन्ली गार्डेन किड्स क्याम्पसका खेलाडीले पाचँ स्वर्ण पदक हात पारेका छन् । ४१ देशका २०४१ खेलाडी सो एक्सपोमा हेभेन्लीका खेलाडीले ४ रजत र ६ काश्य पदक हात पारेको तेक्वान्दो प्रशिक्षक कोशीस खड्काले जानकारी दिएका छन् । यसैगरी, ट्यालेन्ट सोमा सोही टोलीले ११ देशलाई पछि पार्दै पहिलो स्थान हात पारेको सो टोलीका प्रशिक्षक खड्काले जानकारी दिए । पुरस्कार वापत टोलीले ५ लाख कोरियन वान पाएको छ ।
रचना क्षेत्रीको नेतृत्वमा रहेको टोलीको महिला ब्यबस्थापक रेखा शर्मा ढकाल, पुरुष ब्यबस्थापक पवन क्षेत्री र ट्रेनर सुरेस जयसवाल रहेका छन् । एक्सपोमा आठ बषृ मुनीको यलो बेल्टमा आर्यन पौडेलले स्पाइरिङ र पुम्सेमै स्वर्ण पदक हात पारे । यलो बेल्टकै १० बर्ष मुनी सेली पौडेलले स्पाइरिङ तर्फ स्वर्ण पदक हात पारिन् । १३ बर्ष मुनीको ब्लु बेल्ट स्पाइरिङमा गौरव कुमार यादवले स्वर्ण पदक तथा ४४ बर्ष मुनीको ब्ल्याकबेल्ट पाचौै डान पुम्सेमा कोशीषले स्वर्ण पदक जिते । उनले स्पाइरिङमा काश्य पदक जिते ।
यलो बेल्टको १० बर्ष मुनी स्पाइरिङमा केशु गुरुङ र पुम्सेमा सेली पौडेलले रजत पदक जिते । १० बर्ष मुनीको ब्लु बेल्ट पुम्सेमा सोभीत श्रीबास्तबले रजत पदक जिते । १२ बर्ष मुनीको ब्लु बेल्ट पुम्सेमा युनिसा न्यौपानले पनि रजत पदक जितिन् । आठ बर्ष मुनीको यलो बेल्टमा पुम्सेमा क्लोरा खड्का तथा १० बर्ष मुनीको सोही स्पर्धामा केशु गुरुङले काश्य पदक जिते । १३ बर्ष मुनीको ब्लु बेल्ट स्पाइरिङमा सोभीत श्रीबास्तब तथा पुम्सेमा गौरव कुमार यादवले काश्य पदक जिते । ४४ बर्ष मुनीको ब्ल्याकबेल्ट तेश्रो डान स्पाइरिङमा सुरेस कुमार जयसवालले काश्य पदक जिते ।

Comment