नेटबल बिहिबारदेखि
Manoj Shiama
20 July, 2017 7:17 am
नेपाल नेटबल संघको आयोजनामा प्रथम यु–१५ अन्तरविद्यालय नेटबल प्रतियोगिता बिहीबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु हुँदैछ । प्रतियोगितामा १० विद्यालयको सहभागिता रहने आयोजक संघका महासचिव दीपक लामाले जनाएका छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ । समूहको शीर्ष दुई टोली सोझै सेमिफाइनलमा पुग्नेछन् । फाइनल शुक्रबार हुनेछ ।