राष्ट्रिय फुटभली यसै महिना

Manoj Shiama
20 July, 2017 7:40 am

नेपाल फुटभली संघको आयोजनामा प्रथम गजराज जोशी स्मृति राष्ट्रिय फुटभली प्रतियोगिता साउन २२ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, चितवनसहित १६ पुरुष टिमको सहभागिता रहने फुटभली संघका महासचिव दामोदर भट्टराई (बद्री) ले जनाएका छन् । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ । विजेताले २५ हजार र उपविजेताले १५ हजार नगद पुरस्कार हात पार्नेछन् ।
तीनदिने प्रतियोगिताका खेलहरु कपनको आकाशेधारास्थित ह्यान्डबल मैदानमा हुनेछ । यहि प्रतियोगिताबाट असोजमा काठमाडौंमै हुने प्रथम दक्षिण एसियाली फुटभली प्रतियोगितका लागि खेलाडी छनोट गरिने महासचिव भट्टराईले जानकारी दिए । फुटभलीको राष्ट्रिय प्रतियोगिता पहिलोपटक हुन लागेको हो ।