ब्याडमिन्टन टोली इन्डोनेसिया प्रस्थान
Manoj Shiama
21 July, 2017 7:07 am
एसियाली जुनियर ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली बिहीबार इन्डोनेसिया प्रस्थान गरेको छ । जुलाई २२ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा समान ३–३ पुरुष महिला खेलाडीले सिंगल्स, डबल्स, मिक्स डबल्स र मिक्स टिम स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । पुरुषमा प्रफुल महर्जन, रविन लिङथेन र रुकेश महर्जन तथा महिलामा रशिला महर्जन, जेशिका गुरुङ र सुनैना मुखियाँले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । प्रशिक्षकमा किरण थापा र व्यवस्थापकमा उदयकुमार श्रेष्ठ छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट, राखेपका सदस्य एवं नेपाल ब्याडमिन्टन संघका महासचिव वीरेन्द्र श्रेष्ठ, ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठलगायतले एक कार्यक्रमबीच सातदोबाटोमा बिदाइ गरे ।