ललीतपुर पेन्टाथलन संघ गठन
ललीतपुर जिल्ला मोर्डन पेन्टाथलन संघ शुक्रबार गठन भएको छ । ललीतपुर जिल्ला खेलकुद विकास समितीका सचिव सुजन खतीवडा र संघका केन्द्रिय अध्यक्ष राजेन्द्र श्रेष्ठको रोहबरमा गठिन संघमा शिब कार्की अध्यक्षमा चयन भएका छन् । यसैगरी, ज्ञानलाल मर्हजन र सुरेस कुमार कार्की उपाध्यक्ष चयन भएका छन् ।
अमर जोशी महासचिव रहेको संघका विष्णु कुमार बस्नेत र असोक लामा सचिव तथा दिलिप प्रधानांग कोशाध्यक्ष रहेका छन् । सदस्यहरुमा बिनोद मर्हजन, कृष्णगोपाल मर्हजन, टेकरत्न बज्राचार्य, दिपक प्रसाद घिमिरे, सबिन्द्र नकर्मी, जमुना मर्हजन, मोनीका मर्हजन, राजेश श्रेष्ठ, राजु थापा र राजु शेर्पा लीम्बु सदस्य रहेका छन् । भेलामा प्रमुख प्रशिक्षक राजु दर्शन, राष्ट्रिय खेलकुद परिषद् खेलकुद विकास विभागका अधीकृत ज्ञानेन्द्र श्रेष्ठ र संघकी केन्द्रिय सचिव इन्दिरा निरौलाको पनि उपश्थिती थियो ।